दफा
बुझाउन नसकिएमा बीमा गरिएका हुलाक वस्तुहरुको सम्बन्धमा हुलाक डाइरेक्टरले गर्ने कारबाही

दफा ६ मा लेखिए बमोजिम ठेगानावालालाई बुझाउन र प्रेषकलाई फिर्ता बुझाउन पनि नसकिने भै आएका प्रत्येक बीमा गरिएका हुलाक वस्तुको सम्बन्धमा हुलाक डाइरेक्टरले निम्नलिखित कारवाई गर्ने गराउनेछः–
(क) यथासम्भव सो हुलाक वस्तुलाई नखोली यथास्थिति ठेगानावाला वा प्रेषकलाई हुलाकद्वारा बुझाउन वा फिर्ता पठाउन कोशिश गर्नेछ ।
(ख) खण्ड (क) बमोजिम नखोली यथास्थिति बुझाउन नसकिने देखिएमा हुलाक डाइरेक्टर वा सो कामको निमित्त निजबाट अख्तियार पाएको अधिकृतले हुलाक वस्तुलाई गोप्य रुपबाट खोली प्रेषकको नाम र ठेगाना पत्ता लगाई प्रेषकलाई फिर्ता बुझाउन कोशिश गर्नेछ ।
(ग) खण्ड (क) वा (ख) बमोजिम बुझाउन नसकिने भएमा त्यस्ता हुलाक वस्तुको विवरण नेपाल राजपत्रमा प्रकाशित गरी १ वर्षको अवधिसम्म नेपाल सरकारको हुलाक विभागमा सुरक्षित राख्नेछ र सो अवधिसम्म पनि त्यसको हकवाला ननिस्केमा सो हुलाक वस्तु नगदी रुपैयाँ भए नगद मै र अरु बिक्री योग्य वस्तु भए बढाबढमा विक्री गरी आएको नगद नेपाल सरकारको नाममा दाखिल गर्नेछ ।